काठमाडौं – पछिल्लो मतपरिणामअनुसारनेपाली काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिँदा एक ठाउँमा विजय हासिल गरेको छ ।

मुस्ताङमा जित हात पारेको काङ्ग्रेसले बाँकी क्षेत्रमा अग्रता बढाएको हो । यस्तै एमालेले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यस्तै राप्रपाले ४, एकिकृत समाजवादीले ४ र माओवादीले ३ ठाउँमा अग्रता लिएको छ ।
मुस्ताङमा काङ्ग्रेसको क्लिनस्पि, प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा काङ्ग्रेसका उम्मेदवार विजयी

हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा (२) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् ।

दुई हजार सात सय ३० मत सहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरे ।

नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्य समेत रहेका थिए । मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फका सबै स्थानमा कांग्रेस विजयी बनेको छ ।