फाइल तस्वीर


काठमाडौं – विश्वकप फुटबलको कतार संस्करणमा जारी प्रतियोगिता अन्तर्गत आज सोमबार तीन खेल हुँदैछ । विश्वकप फुटबलको २२ औं संस्करणको समूह ‘ए’ अन्तर्गत आज एक खेल हुनेछ भने समूह ‘बी’ का दुई खेल हुनेछन् । आज हुने पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६:४५ बजे सुरु हुनेछ । यी दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् ।

त्यसैगरी समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ भने समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच अर्को खेल हुनेछ । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको कतारमा आयोजना भएको विश्व फुटबलको महाकुम्भमा कूल ६४ खेल हुनेछ । प्रत्येक समूहका दुई शीर्ष टोली नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रत्येक समूहका विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणबाट एक÷एक टिम क्वाटर फाइनलमा प्रवेश गर्नेछन् ।

फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।