रुपन्देही – हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत धमाधम गणना हुन थालेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ । बुटवल उपमहानगरको पुरानो प्रशासनिक भवनमा केहीबेर अघिबाट गणना सुरु भएको निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।

चारैवटा ठाउँमा गणना स्थल बनाएर दुबै तहका प्रत्यक्ष र समानुपातिक तर्फका मतपत्र एकैपटक गणना भइरहेको हो । मत गणना भएको स्थानलाई तारजालीले घेरिएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनीएकोमा सर्वदलीय बैठक लम्बिएपछि गणनामा केही ढिलाई भएको हो।

सुरुमा सरस्वती माध्यमिक बुटवल–१ र न्युलाइट मावि तिलोत्तमाको पाँचवटा मतपेटिका खोलिएको छ । यो क्षेत्रबाट एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा उम्मेदवार रहेका छन् । पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल पनि प्रतिस्पर्धी मानिएका छन् ।