नवलपरासी – (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा पुनःमतदान सुरु भएको छ । शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतपेटिकामा आगजनी हुँदा हिजो आइतबार मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताए अनुसार आज साँझ ५ बजेसम्म मतदान जारी रहने छ ।

स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि साँझबाटै मतगणना गरिने उहाँले बताउनुभयो । यो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका छन् ।