मुस्ताङ – नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । नेपाली काङ्ग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।

नेपाली काङ्ग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिएका छन् । गौचनले ३ हजार ९९२ मत पाउँदा तुलचनले ३०७८ मत मात्र पाए । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग तुलाचन ९१४ मतले पराजित भएका छन् ।
नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले काङ्ग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा रहेका छन् । योगेश गौचन आफ्नो पिताको राजनीतिक विरासतलाई अघि बढाउँदै राजनीतिमा होमिएका हुन् ।