काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम रहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो भने तेजाबी सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।