धादिङ – दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । रुवीभ्याली गाउँपालिकाको मतपेटिका धादिङबेशी आइपुग्न ढिला भएको कारण मतगणना सुरु हुन ढिलो भएको हो ।

रुवीभ्याली गाउँपालिकाको मतपेटिका अहिले बिहान ११: ३० सम्म आइपुगेको बताइएको छ । धादिङका मुख्य निर्वाचन अधिकृत न्यायाधीश स्वीकृति पराजुलीका अनुसार अहिले ११ बजे सर्वदलीय बैठक डाकिएको र सर्वदलीय बैठक सकिए लगत्तै मध्यान्ह १२ बजेबाट मतगणना गर्ने तयारी गरिएको हो ।
कुल दुई लाख ६५ हजार ९९६ जना मतदाता रहेको धादिङमा कुल ५६ प्रतिशत मत खसेको थियो ।