सप्तरी– सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन् । पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका छन् ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द यादव तेस्रो स्थानमा छन्। अहिलेसम्म उनले ५९ मत मात्रै पाएका छन् ।
सप्तरी २ मा सत्तारुढ गठबन्धनबाट लोसपाका ठाकुर उम्मेदवार छन् भने एमाले–जसपा गठबन्धनबाट यादव उम्मेदवार बनेका हुन् ।