एजेन्सी – भारतको बिहार राज्यअन्तर्गत वैशाली जिल्लाको मेहनार क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार त्यहाँ सडकको छेउमा पूजा गरी रहेको अवस्थामा ट्रक चल्दा किचिएर सात मानिसको मृत्यु भएको हो ।

वैशालीका एसपी महेशले यस घटनामा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको बिबिसीलाई जानकारी दिए । समाचार एजेन्सी एएनआईका अनुसार यस दुर्घटनामा कम्तीमा सात बालबालिकाको मृत्यु भएको छ । जानकारीका अनुसार मेहनार–हाजीपुर मुख्य सडकमा रहेको देसरी प्रहरी चौकी क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

बिबिसीमा प्रकाशित समाचारका अनुसार नयाँगाउँ टोलामा सडक छेउमा मानिसहरू पूजा गरिरहेका थिए । अनियन्त्रित ट्रकले ती मानिसहरूलाई कुल्चेको थियो ।