इराक र इक्वेडरबीचको खेलको तस्वीर


कतार – आइतबारबाट कतारमा सुरू भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २–० ले पराजित भएको छ। जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराव इतिहास समेत आफ्नो नाममा पारेको छ।

कतार विरुद्व इक्वेडरले पहिलो हाफमा गरेको २ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो। विश्वकप इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो पहिलो पटक हो। यसअघि कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार भोग्नु परेको थिएन्।

कतार– विश्वकप फुटबलको महाकुम्भको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार पराजित भएको छ । विश्वकप फुटबल उद्घाटन खेलमा आयोजक राष्ट्रले हारेको यो पहिलो रेकर्ड हो ।


आईतबार राति भएको विश्वकपको पहिलो खेलमा आफ्नै गृह मैदानमा कतार स्तब्ध हुन पुगेको छ । इक्वेडरसँग २–० गोलको अन्तरले पराजित भएको कतारले खेलको सुरुवातीको १६ औं मिनेटमानै गोलको सामना गर्नु पर्यो । कतारी गोलकिपरको फाउलका कारण इक्वेडरले पाएको पेनाल्टीको सदुपयोग गर्दै क्याप्टेन भ्यालेन्सियाले आफ्नो टिमका लागि पहिलो गोल गर्दै अग्रता दिलाए ।


चुस्त र छरिता देखिएका इक्वेडरका खेलाडीले बललाई आफ्नो नियन्त्रणमा लिंदै विश्वकप फुटबलको २३ औं संस्करणको आयोजक राष्ट्र कतारले आफ्नो खेलको कौशलता प्रर्दशन गर्न सकेन । शारीरिक रुपमा अग्लो कद र बलियो देखिएका कतारी खेलाडीहरु खेलमा फर्किन नसक्दा पहिलो हाफकै ३१ औं मिनेटमा थप १ गोलको सामना गर्नु पर्यो । इक्वेडरका लागि दोस्रो गोल पनि तिनै कप्तान भ्यालेन्सियाले आकर्षक हेडमार्फत् गोल गर्दै करातलाई हराएर विश्वकपको उद्घाटन खेलमा जितको इतिहास कोर्न सफल भए ।


इक्वेडरका लागि क्याप्टेन भ्यालेन्सियाले घुँडामा चोट लागेका कारण पुरै समय मैदानमा खेल्न सकेनन् । चोट बोक्न पुगेपछि उनलाई सब्सटिच्युट गरिएको थियो ।


आयोजक राष्ट्र भएर घरेलु दर्शकको समर्थन पाउँदा पनि गृहमैदानमा हार व्यहोर्नु कतारको लागि शुभसङ्केत होइन । त्यसो त विश्वकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा घरेलु दर्शकको उपस्थिति पनि न्यून नै रहेको थियो । आफ्नै देशमा भएको रङ्गशालाका प्यारापिटहरु भरिएका थिएनन् ।


कतारले खेलमा फर्किन फर्किन नसक्दा आफ्नो पहिलो खेलमा हार व्यहोर्न बाध्य भयो । उसले प्रतियोगितामा खासै मुभ निकाल्न सकेन । पाएको सिमित बललाई सदुपयोग गर्न नसक्दा कतार इक्वेडरसँग २–० गोलले पराजित हुन पुग्यो ।