काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा दुई सय ४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई जनामा उक्त भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज आइतबार १४ जना मुक्त भएका छन् । हाल देशभर चार सय २० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको उक्त मन्त्रालयको भनाइ छ । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १९ पुगेको छ ।