साङ्केतिक तस्वीर


रसुवा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दिउँसो ३:३० बजेसम्म कुल ३९ हजार ४५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए ।

उनले मतदान शान्तिपूर्णरुपमा भइरहेको बताए । रसुवामा ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन् । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सात वटा राजनीतिक दल र तीनजना स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा छन् । रासस