आगजनी, साङ्केतिक तस्वीर


बाजुरा – बाजुरा जिल्लाको मतदान केन्द्रमा आक्रमण गरी मतपेटिकामै आगजनी गरिएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो ।

प्रहरीले जनाएअनुसार प्रदेशसभा समानुपातिकतर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटिकामा आगजनी भएको हो । आगजनी ग¥यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन् । सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ । मत पेटिकामा लगाइएको आगो निभाइएको प्रहरीले जनाएको छ ।