तस्वीर रासस


मनाङ– आज बिहानबाट सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा मनाङ जिल्लामा दिउँसो बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो ।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङ जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् । यस जिल्लामा ५ बजेसम्ममा ६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको छ ।