साङ्केतिक तस्वीर


रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर फर्किएका युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका ४१ का देवीलाल सुवेदी र वर्ष २१ का गोविन्द सुवेदी माथि कुटपिट भएको हो ।

सल्ले गाउँका ४ जनाको समूहले उनीहरुमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । कुटपिटबाट घाइते भएकाहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको र उनीहरुको रामेछाप जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको अवस्था गम्भीरभएकोले थप उपचारका लागि उनीहरुलाई काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनुभएको छ ।

घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको प्रहरीको भनाइ छ । फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।