काठमाडौं – नेपालमा गत २४ घण्टामा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा ३ सय २२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले बताएको छ । कोरोनाबाट सङ्क्रमित भएका मध्ये सोही अवधिमा १५ जना सङक्रमितहरु निको भै घर फर्किएका छन् । हाल नेपालमा ४ सय ३२ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।