काठमाडौं – काठमाडौंको कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन जोड्यो । युएईका लागि अलिसान सराफुले ३३ तथा रोहन मुस्तफाले २४ रन जोडे । अयान अफजल खानले ५४ रन बनाए ।

अयान र २० रन जोडेका हजरत विलालले अन्तिम विकेटका ११३ बलमा ८३ रनको साझेदारी गरे । नेपालका लागि कुशल भुर्तेलले २, गुल्सन झाले २, दिपेन्द्र सिंह ऐरीले २ विकेट तथा सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिए ।

आजको खेल दुवै टिमका लागि महत्वपूर्ण छ किनभने दुवै टिमले एक–एक खेलमा जित हात पारेका छन् । आजको खेलमा जित हात पार्ने टिमले सिरिजमाथि कब्जा जमाउनेछ । आजको खेलमा नेपालले अतिरिक्त २० रन दिएको थियो जसमा वाइडमात्र १७ थियो । केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।