साङ्केतिक तस्वीर
सुर्खेत – कैलालीको धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ । बिहीबार धनगढी उपमहानगरपालिका–१५ शान्तिकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धीरज सार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आफ्नै घरनजिक रहेको सेफ्टी ट्याङ्कीमा खसेर घाइते भएका उनलाई उपचारको लागि मायामेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।