काठमाडौं – ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन् ।

यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर्नेछ। बेन्फिकाका १९ वर्षिय रक्षक एन्टोनियो सिल्भाले प्लेइङ सेटमै डेब्यु गरेका थिए। खेलको नवौं मिनेटमै ब्रुनोले अग्रता लिएका थिए । ३५औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।

प्रशिक्षक फर्नान्डो सान्तोषले दोस्रो हाफमा ६ खेलाडी परिवर्तन गरेका थिए। रामोसले ८२औं मिनेटमा तेस्रो गोल गरेका थिए। ४५ हजार दर्शकमाझ मारियोले ८४औं मिनेटमा चौथो गोल गरेका थिए । पोर्चुगल विश्वकपको समूह एच मा छ । जुन समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन् । २२ नोभेम्बरमा घानासँग खेल्दै पोर्चुगलले विश्वकप यात्रा सुरु गर्नेछ ।