जुम्ला – जुम्लामा कर्मचारी बोकेर मतदान केन्द्रतिर जादै गरेको गाडी दुर्घटना भएको छ । तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।

घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभएको छ ।

दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एक जना प्रहरी कर्मचारी घाइते भएका छन् । निर्वाचन सामग्री भने सुरक्षित गरिएको प्रहरीले जनाएको छ ।