काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजारमा कारोबार भइरहेको छ ।


यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० रुपैयाँले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।