काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र पाकिस्तानबीच भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेको छ ।

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जित्दा पाकिस्तानले नेपाललाई ७ खेलमा हराएको छ भने ५ खेलमा बराबरी खेलेको छ ।