काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ सय ९१ पिसिआर परीक्षणका क्रममा ८ जना र ६ सय २९ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २४ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ७५ सक्रिय सङ्क्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।