फाइल तस्वीर


काठमाडौँ – काठमाडौंमा जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले अहिले व्याटिङ गर्दैछ । भर्खरै सम्पन्न पहिलो इनिङमा युएईले ४३.२ ओभरमा सबै विकेट गुमाई १९१ रन बनाएर नेपाललाई १९२ रनको लक्ष्य दिएको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) नेपालबीच त्रिभूवन विश्वविद्यालयको कीर्तिपुरस्थित खेल मैदानमा भएको दोस्रो एक दिवसीय खेलमा टस जितेर युएईले ब्याटिङ गरेको थियो । युएईका लागि ओपनर ब्याटरद्वय मुहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गरेका थिए । वासिमले ४६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए भने अरविन्दले २५ रन जोडेको साझेदारी गरेका थिए । कप्तान चुङ्दागापोइल रिजवानले २२, आलिशान सराफूले ३५, विष्णु सुकुमारनले १५ र बसिल हमिदले २४ रन बनाए ।

बलिङतर्फ आज नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन दिँदै ३ विकेट तथा ललित राजवंशीले १० ओभरमा ४१ रन दिएर समान ३ विकेट लिए भने अन्य बलरहरुमा करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १÷१ विकेट लिन सफल भए ।

तीन खेलमध्ये पहिलो एक दिवसीय खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।