काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा पुगेको छ । यसैगरी तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

त्यसैगरी आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।