काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय ६४ जनाको पीसीआर विधिबाट र ४ सय ६६ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने सोही अवधिमा २० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ४ सय ९१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।