काठमाडौं – साताको तेस्रो कारोबार दिा आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर ६ दशमलव ५९ अङ्क घटेर १८९७ दशमलव ८६ विन्दुमा झरेको छ ।

आज नेप्से नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ९४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२९ स्टकको २२ हजार ७७१ पटकको कारोबारमा १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको २७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल टेलिकमको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य सर्वाधिक ४ दशमलव ५८ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस दिन सर्वाधिक ८ दशमलव ५६ प्रतिशत घटेको छ । त्यसैगरी, यसैदिनदेखि कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस दिन ८ दशमलव ४२ प्रतिशत घटेको छ । आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ । यता उत्पादन तथा प्रशोधन, वित्त र विकास बैंक उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।