फाइल तस्वीर


काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नयाँ सिजनको शहीद स्मारक लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारी सम्मिलित ‘सी’ डिभिजन क्लबहरुबीच हिजो सोमबार छलफल भएपछि एन्फाले आगामी २०८० साल वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चसमेत बढाएको छ । यसपटक एन्फाले क्लबहरुलाई तयारी खर्चबापत ११ लाख रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको छ । एन्फाले यसअघि ‘सी’ डिभिजन क्लबलाई नौ लाख ५० हजार रुपैयाँ दिर्दै आएको थियो ।