काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।