फाइल तस्वीर

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ अङ्कले बढेको छ । आज सेयर बजार परिसूचक २१ दशमलव २६ अङ्कले बढेसँगै समग्र बजार परिसूचक १९०४ दशमलव ४३ मा उक्लिएको हो । त्यस्तै ’क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १ दशमलव २१ प्रतिशतले बढेर ३७५ दशमलव ०३ मा उक्लिएको छ ।

उप–समूहतर्फ आज कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ समूह ३ दशमलव १३ प्रतिशतले उकालो लागेको छ । बजार बढ्दा कारोबार भएका १४८ कम्पनीको सेयर मूल्य बढेको छ । भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ । २१ अङ्कले बढेको बजारमा ९४ करोड ६० लाख ८९ हजार ५ सय २१ कम्पनीको सेयर खरिद बिक्री भएको थियो । जसमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

यस्तै तारागाँउ रिजेन्सी होटेल, सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्धभूमि हाइड्रो, रिभर फल्स पावर लिमिटेड, लिवर्टी इनर्जी कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् । यस्तै उच्च कारोबार हुने कम्पनीमा शिभम् सिमेन्ट, हिमालयन डिस्टीलरी, ङादी ग्रुप पावर, गुर्खाज फाइनान्स लिमिटेड, नेष्डो समृद्ध लघुवित्त परेका छन् ।