काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका कुल १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

बैंकको सूचना अनुसार आज दिउँसो २ बजे ट्रेजरीको बोलकबोल गर्नेे र बिक्री भोलि २९ गते मङ्गलबार गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिनका लागि समान २÷२ अर्ब रुपैयाँ छुट्याएको छ भने ९१ दिनका लागि बैंकले ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी छुट्याएको छ ।

यसअघि राष्ट्र बैंकले गत कात्तिक २१ गते १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।