फाइल तस्वीर
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु १ सय रुपैयाँले घटेर रु ९७ हजार दुई सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर रु १ हजार २ सय ९५ रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।