एजेन्सी – टर्कीको इस्तानबुलको व्यस्त क्षेत्रमा बिस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरू ८१ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार आइतबार अपरान्ह ४ बजेर २० मिनेट जाँदा बिस्फोट भएको हो ।

स्तानबुलको ताक्सिम स्क्वायरको व्यस्त व्यापारिक क्षेत्रमा बिस्फोट भएको स्थानीय गभर्नर अली यर्लिकायाले जनाएका छन् । आक्रमणमा संलग्न भएको आरोप लागेका व्यक्ति पक्राउ परेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यसअघि उपराष्ट्रपति फुएत ओक्तायले महिला आक्रमणकारीले आतंकवादी आक्रमण गराएको हुन सक्ने बताएका थिए ।

राष्ट्रपति रिसेप तैयप एर्डोगानले आक्रमणमा संलग्नलाई कारवाही गर्ने बताएका छन् । अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएका छैनन् ।