फाइल तस्वीर

न्युयोर्क – निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हासिल गरेको छ । रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो ।

कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए। ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका छन् । नतिजाले डेमोक्र्याटलाई रिपब्लिकन भन्दा एक सिट अगाडि राखेको छ । जर्जिया सिनेट सिटको निर्वाचन भने डिसेम्बरमा हुनेछ ।

माथिल्लो सदनमा आफ्नो पार्टीको विजयले आफू ‘अपत्यारिलो ढङ्गले’ खुसी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, रिपब्लिकनले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतनजिक छन्, जुन राष्ट्रपतिका लागि ठूलो धक्का हो।