काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ८५ जनाको नमूना परीक्षण गर्दा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कुल नमूनामध्ये ७ सय ७४ जनाको पिसिआर विधिबाट र १ हजार २ सय २१ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो । सोही अवधिमा ३० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल ५ सय १४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।