एजेन्सी – आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको फाइनल खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको इंल्याण्डले १९ औँ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । इंल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ५२ रन बनाए । ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान जोस बट्लरले १७ बलमा २६ रन जोड्दा ह्यारी ब्रुकले २३ बलमा २० रन बनाए । पाकिस्तानका लागि हारिस राउफले २ तथा शहीन शाह अफ्रिदी, शदाब खान र मोहम्मद वासिमले समान एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन जोडेको थियो । पाकिस्तानका लागि शान मसुदले ३८, कप्तान बाबर आजमले ३२ रन जोडे । इंल्याण्डका साम करनले ३ तथा क्रिस जोर्डन र आदिल रशिदले समान दुई विकेट लिए ।

पाकिस्तानका लागि सान माशुदले २८ बल ३८, कप्तान बाबर आजमले २८ बलमा ३२ रन जोड्दा मोहम्मद रिजवानले १४ बलमा १५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । इंग्ल्यान्डका लागि साम करनले ३, आदिल राशिद र क्रिस जोर्डनले २–२ तथा बेन स्टोक्सले १ विकेट लिए । इंग्ल्यान्डको यो दोस्रो उपाधि हो । यसअघि २०१० मा पल कलिङवुड कप्तानीमा इंग्ल्यान्डले टी–२० विश्वकपको उपाधि जितेको थियो ।