काठमाडौं – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ ।

नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आज कात्तिक २७ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जानकारी गराएको हो ।

नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्यावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।