काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ सय ८० जनाको नमुना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएकोे हो ।

सोही अवधिमा थप २४ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ५ सय ३० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।