काठमाडौं – लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को नयाँ गीत ‘चोट’ रिलिज भएको छ । सिद्धकाली डिजिटलको प्रस्तुतिमा गायिका बानियाँको यथार्थ जीवन कहानीमा आधारित गीत बनेको र सोही गीत ‘चोट’ रिलिज भएको हो ।

गीतमा ‘जेरी’को शब्द सृर्जना रहेको छ भने दोहोरी सर्जक विरही कार्कीको रचना छ । राजु परियार र पूर्णकला बिसीको आवाज रहेको उक्त गीतको म्युजिक भिडियोमा गायिका बनिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ ।

गीत ‘सिद्धकाली डिजिटल’ आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

हेर्नुहोस् भिडियोः