काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण आज शुक्रबार कसैको पनि मृत्यु भएको छैन । सोही अवधिमा थप २६ सङ्क्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ५ सय ४६ सक्रिय सङ्क्रमित आइशोलेशनमा रहेका छन् ।