काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई नियम विपरीत लिएइको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त बैंकर्सहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा सेवा शुल्क वापत १ दशमलव ५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँने व्यवस्था गरेको थियो । तर, अधिकांश लघुवित्त संस्थाहरुले कर्जा भुक्तानीको लागि पुनः नयाँ कर्जा दिँदै सेवा शुल्क असुलेको कारण उक्त सेवा शुल्क फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।