फाइल तस्वीर
काठमाडौं – साताको छैटौं कारोवार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँ वृद्धि भएको छ । हिजोे प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन १ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रूपैयाँमा कारोवार भएको हो ।

यस्तै तेजावी सुनको मूल्य पनितोलामा १ हजार ३ सय रुपैयाँले नै बढेर ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले बढेर आज १ हजार २ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।