फाइल तस्वीर

काठमाडौं– गरिमा विकास बैंकले शेयरधनीहरुलाइ वितरण गर्न लाभांश प्रस्ताव गरेको छ । हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ दशमलब ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस शेयर र १ दशमलब ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको छुट्याएको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुलाई वितरण गरिने छ ।