फाइल तस्वीर
रौतहट – रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छन् भने आगलागीबाट लाखौँको क्षति भएको छ ।

दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गए राती ११ बजे आगलागी भएको थियो । आगलागीबाट गोठमा रहेको एउटा भैँसी, ,१० वटा ,खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको तथा घरमा पनि पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जनाएका छन् ।

लामखुट्टे धपाउन बालिएको घुपबाट सल्किएर भएको आगलागीबाट १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताइएको छ ।