फाइल तस्वीर
काठमाडौँ – नेपाली साङ्गीतिक क्षेत्रको चर्चित दम्पति बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज बिहीबार औपचारिक रुपमै वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका हुन् ।

आफुहरुको सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताएका छन् । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको बताइएको छ ।

सम्बन्ध टुङ्ग्याउने मन नहुँदा पनि आफूहरुबीच वैचारिक मतभिन्नता भएपछि सँगै बस्न नचाहेको बबिता बानियाँ ‘जेरी’ का शंकरले बताएका छन् । उनीहरुको वि. सं २०७६ साल माघ १ गते विवाह भएको थियो।