काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय १४ वटा पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार १ सय २३ वटा एन्टीजेन नमुना परीक्षणका क्रममा ७ जनामा गरी १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । सोही अवधिमा थप १३ जना कोरोना भाइरसको सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ६३ जना सक्रिय सङ्क्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।