काठमाडौं – कारोबार रोक्का रहेको कम्पनीहरूको सेयर कारोबार तुरून्तै खुल्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने ÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गर्दै यस्तो बताएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था सहित संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा उल्लेख भए बमोजिम हुने व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” कार्तिक २४ गतेदेखी लागू हुने गरी स्वीकृत गरिएको छ ।
निर्देशिकामा भनिएको छ ः

शेयर कारोबार फुकुवा सम्बन्धी विशेष व्यवस्थाः (१) यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोवार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोवार फुकुवा गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयर कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित नियमनकारी निकायले शेयर कारोवार रोक्का राखेको भएमा सम्बन्धित नियमनकारीको सहमतिमा आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न सकिनेछ ।
पूर्ण निर्देशिका हेर्नुहोस् ः

636ca29ee7b96.jpg
636ca2a34bd8c.jpg
636ca2a822f32.jpg
636ca2ad93f18.jpg
636ca2b256172.jpg
636ca2b9a96a4.jpg
636ca2c2e279e.jpg
636ca2c91b221.jpg
636ca2d07832a.jpg