फाइल तस्वीर

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य स्थिर रहेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ । यसैगरी तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।