काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २ सय ४९ जनामा गरिएको नमुना परीक्षणमा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा १२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर प,र्किएका छन् । नेपालमा हाल ५ सय ६७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।