फाइल तस्वीर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले डोटीको गैरा गाउँमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ मा केन्द्रबिन्दु भै मध्यरातमा गएको भूकम्पका कारण घाइते हुन पुगेकाहरुको उपचारार्थ यस्तो निर्देशन दिनु भएको हो ।

गृहमन्त्री खाँडले घाइतेको तत्काल उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न पनि गृह प्रशासनलाई भन्नुभएको छ । गृह सचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले घाइतेहरूको अवस्था र उनीहरुको अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।

भूकम्पमा परेर प्रभावित भएकाहरूलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि बासस्थानको व्यवस्था गर्न समेत मन्त्री खाँडले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको गृहमन्त्रालयले जनाएको छ ।